+
+

गोंगबुबाट ८ वर्षीय बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १२ गते ११:३०

१२ मंसिर, काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलबाट ८ वर्षीय बालक बेपत्ता भएका छन् । स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका छोरा प्रयास बेपत्ता भएका हुन् ।

बुबा प्रवीणका अनुसार होटल परिसरमै खेलिरहेका प्रयास मंगलबार साँझबाट सम्पर्कविहीन छन् ।

उनले अनलाइनखबरसँग भने, ‘हामीले महानगरीय प्रहरी प्रभाग, गोंगबुमा खोजतलासका लागि निवेदन दिएका छौं । तर, अहिलेसम्म अत्तोपत्तो छैन ।’

प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् थिए । प्रहरीले उनको खोजी कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?