Comments Add Comment

खुलेन चोरको चेत्ः कैद भुक्तानी गर्दै मोटरसाइकल चोर्दै

२० मंसिर, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले मोटर साइकल चोरीको अभियोगमा दुई साता अगाडि दुईजना पक्राउ गर्‍यो ।

बनेपा प्रहरीले चेकिङमा राजमार्गमा गुड्ने सबै मोटरसाइकल चेकिङ गर्दै थियो । एक्कासी बा८५प ८४३२ नम्बरको मोटरसाइकल तीव्र गतिमा आयो । चालकसँग प्रहरीले लाइसेन्स भन्दा पहिले व्लुबुक माग्यो । चालकले उत्तर दिए, ‘छुटेछ, लाइसेन्स छ ।’ लाइसेन्स थमाइदिए ।

एकदिन अगाडि बनेपाका सिर्जन मान्नधरले बनेपास्थित हंशराज मार्गमा पार्किङ गरिएको सोही नम्बरको मोटरसाइकल चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

प्रहरीले चालकसहित मोटरसाइकल कार्यालयमा लग्यो मोटरसाइकल चालक व्लुबुक ल्याउँछु भन्दै थिए, प्रहरीले गाडीमा राखेर कार्यालय पुर्‍यो ।

मोटरसाइकल चालक थिए, सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका ३० वषर्ीय विश्वराज तामाङ, उनी दुईदिनअघि मात्रै मोटरसाइकल चोरी मुद्दामा सजाय भोगेर छुटेका थिए ।

कात्तिक २९ गते ३ महिना जेल र १ लाख जरिवानसहित चोरी मुद्दा भुक्तान गरेर निस्किएका विश्वराजले ३ महिना जेलभित्र बस्दासमेत मोटरसाइकल चोरीको योजना बनाउने गरेको प्रहरी अनुसन्धानले देखिन्छ ।

इलाका प्रहरी कार्यालय बनेपा प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार विश्वराजसँग उदयपुरका नरेन्द्र तामाङ पनि पक्राउ परेका छन् ।

दुवै जनालाई चोरीको मल अन्तर्गत मुद्दा चलाइएको भट्टराईले जानकारी दिए । उनले भने, ‘चोर पनि कस्ता ? जेल परेपछि त चेत्नु पर्छ नि, उनीहरुको नयाँ होइन्, पुरानै जागिर जस्तो पो छ त ।’

जिल्ला भर पछिल्लो ३ महिनामा मात्रै २९ वटा मोटरसाइकल चोरीका उजुरी परेका छन् । जसमध्ये ११ वटा मोटरसाइकल चोरीका अभियुक्त पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment