Comments Add Comment

तीन तरिकाः थाइराइड यसरी निको हुन्छ

थाइराइडको समस्या अहिले तीव्ररुपमा फैलिइरहेको छ । झट्ट सुन्दा सामान्य लागे पनि यो निकै दुख दिने रोग हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।

के हो त थाइराइड ? कसरी उत्पन्न हुन्छ यसमा समस्या ? सबैले बुझ्नु जरुरी छ ।

खासमा थाइराइड हाम्रो घााटीभित्रको एक ग्रन्थी हो, जसले विशेष प्रकारको हार्मोन उत्पादन गर्छ । यो ग्रन्थीले सही ढंगले काम गर्न सकेन भने आवश्यकाभन्दा बढी वा कम मात्रामा हर्मोन निर्माण गर्न थाल्छ । अनि थाइराइडको समस्या सुरु हुन्छ ।

सामान्यत थकान लाग्नु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, छाला रुखो हुनु, डिप्रेसन हुनु, तौल बढ्नु, हात-खुट्टा चिसो हुनु थाइराइडका लक्षण हुन् ।

थाइराइडले भयो भने यसले हाम्रो जीवनशैली प्रभावित बनाउाछ । यसको उपचारका केही प्रचलित विधी छन् । तीनै उपचार विधी अपनाएर यो विकार समाप्त गर्न सकिन्छ र थाइराइड हर्मोनलाई सन्तुलित गर्न सकिन्छ ।

थाइराइड औषधी

सुरुमा ज्वरो आउने, घााटी खसखस हुने जस्ता समस्या हुन्छन् । तर, यी समस्या देखापर्नासाथ आफुखुसी औषधी सेवन गर्नु हुादैन । चिकित्सकको परामर्श लिएर मात्र औषधी खानुपर्छ । सुरुवातमा एन्टिथाइराइड औषधी दिएर रोग नियन्त्रण गरिन्छ । चिकित्सकको सल्लाहविना एन्टिथाइराइड औषधी सेवन गर्नु हानिकारक हुनसक्छ ।

रेडियोएक्टिभ आयोडिन

रेडियोएक्टिभ आयोडिनद्वारा थाइराइडलाई क्रमशः सानो बनाउादै अन्तमा यसलाई नष्ट गर्न सकिन्छ । यो उपचार विधी सुन्नमा जति गाह्रो लाग्छ, गर्न उति सजिलो हुन्छ । यो उपचार हाइपरथाइराइडिज्मको एक सुरक्षित उपचार हो ।

रेडियोएक्टिभ आयोडिन ५० बर्षभन्दा बढी उमेरका व्यक्तिका लागि पनि सुरक्षित मानिन्छ । गर्भवती भएको अवस्थामा भने यो विकल्प रोज्नु हुादैन । यसले आमा र बच्चालाई हानी गर्छ ।

मुटुरोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गरिदिन्छ । सामान्यत ८० प्रतिशतसम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार गर्न सकिन्छ । यद्यपि, थाइराइडको गम्भिर रोगीलाई भने ६ महिनासम्म लाग्न सक्छ ।

शल्यक्रिया

शल्यक्रियाबाट पनि आंशिकरुपमा थाइराइड ग्रन्थी निकाल्न सकिन्छ । यद्यपि यसका केही साइड इफेक्ट्स हुन्छन् । खासगरी थाइराइड ग्रन्थीको शल्यक्रिया उनीहरुले गराउन सक्छन्, जसलाई खाना निल्न र सास फेर्न समस्या छ । यस्तै, गर्भवती महिला वा बच्चा, जसका लागि थाइराइडको औषधी सुरक्षित मानिदैन, उनीहरुका लागि शल्यक्रिय उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment