+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

देशको उत्पादनले धान्न नसक्दा आयातमा जोडः अर्थमन्त्री खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १४:२८

२८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले आयातमा अझै जोड दिनु परेको बताएका छन् ।

मन्त्री खतिवडाले पुँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरे ।

उनले उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने बस्तुको आयातबाट आत्तिन नहुने पनि स्मरण गराएका छन् ।

विश्व बैंक र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले नेपाल जस्तो देशले अन्तराष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारिकरण गर्नुपर्नेमा पनि जोड दिए ।

उनले दक्षिण एशीयामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क रे ।
अर्थमन्त्री खतिवडाले नेपालले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि जानकारी दिए ।

प्रतिवेदनमा नेपालमा व्यापार घाटा बढदै गएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?