+
+
Shares

बर्दियामा अर्को होटल खोल्दै सेन्टर प्लाजा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते ११:१२

१ पुस, काठमाडौं । होटल सेन्टर प्लाजाले आफ्नो शाखा विस्तार गर्ने भएको छ । प्लाजाले बर्दिया राष्ट्रिय निकुञ्जनजिकै शाखा विस्तार गर्न लागेको हो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–६ को २ बिघा क्षेत्रफलभित्र जंगल रिर्सोट निमार्ण गर्न लागिएको जानकारी प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले दिए ।

होटल २६ करोड लागतमा निर्माण गर्न लागिएको हो । जसमा ३६ वटा स्वीटरुम, २० वटा डिलक्स रुम र १० वटा जनरल रुम रहने प्लाजाका प्रबन्ध निर्देशक अर्यालले बताए । अर्यालका अनुसार, अबको १५ महिनाभित्रमा होटल पूर्ण रुपमा सञ्चालनमा ल्याउने योजना छ ।

बदिया नजिकैबाट बाघको दृश्यावलोकन गर्न चाहने आन्तरिक तथा वाह्य पर्यटकहरुको गतिलो गन्तव्यका रुपमा विकास हुँदै गइरहेको छ । यहाँ बर्सेनि हजारौंको संख्यामा पर्यटक जाने गर्दछन । थारु सस्कृतिबारे रुचि राख्नेका लागि पनि बर्दिया प्रख्यात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?