+
+
Shares

आकाश र सारा भन्दैछन्- वन्ली फर यू !

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १२:४१

काठमाडौं । गीतकार दुर्गा प्रधानको पहिलो गीति एल्वम ‘वन्ली फर यू’ नेपालको सांगीतिक बजारमा आएको छ । प्रधानको एकल शब्द रचना तथा विनोद पछाईको एकल संगीत रहेको सो एल्बममा पाँच वटा गीत संग्रहित छन् ।

गीतमा अन्जु पन्त, विनोद पछाई, दीपा लामा, मेलिना राई र शिव परियारको स्वर छ । जसमध्ये शिव परियारको आवाजमा रहेको ‘रात पनि दिन हुन्छ…’ बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ ।

निशान घिमिरेको निर्देशन रहेको यो म्युजिक भिडियोमा आकाश श्रेष्ठ र सारा सिर्पालीले अभिनय गरेका छन् । यो भिडियोले युट्युबमा १ लाख २८ हजार भन्दा बढी भ्यूज पाएको छ ।

दुर्गाले आफ्नो पहिलो प्रयासलाई दर्शक तथा स्रोताको माया पाउने अपेक्षा गरिन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?