Comments Add Comment

स्वावलम्बनका अध्यक्षले राष्ट्र बैंकका अधिकारी समक्ष लिए सपथ

४ पुस, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।  बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

संस्थाको २०७५ पौष १ गते बसेको संचालक समितिको २९८ औं बैठकले संचालक श्रेष्ठलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी बिजेन्द्र सुवालको सट्टामा भाष्कर एन.जोशीलाई मनोनयन गरेको छ ।

साथै, संचालक समितिले व्यवसायिक विशेषज्ञको तर्फबाट प्रतिनिधित्वका लागि साधना उपाध्यायलाई संचालक समितिमा मनोनयन गरेको छ ।  वित्तीय सस्थाका हालका संस्थापक शेयरधनीहरु स्वावलम्बन विकास केन्द्र, नेपाल इन्भेष्टमेन्ट बैंक लि., हिमालयन बैंक लि., नविल बैंक लि. रहेका छन् ।

संस्थाले २०७५ कार्तिक महिनासम्म ५७ जिल्लाका १२८ शाखा/उपशाखा कार्यालयबाट करिव २ लाख २७ हजार ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्‍याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment