+
+
Shares

प्रचण्डलाई फेसबुकमा गाली गरेको आरोपमा कांग्रेस कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ८ गते १७:२६

८, पुस, चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रचण्डलाई गाली गलौज गर्ने हिसावले प्रधानले स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनका बारेमा धेरै पहिल्यैदेखि प्रहरीले चासो दिइरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले बताए ।

प्रधानले अति नै गालीगलौज गरेर स्टाटसहरु लेख्ने गरेको गुनासो पहिल्यैबाट आउने गरेको उनले बताए । पक्राउ परेका प्रधानसँग आवश्यक सोधपुछ गर्न बाँकी नै रहेको जानकारी एसपी रौठारले दिए ।

‘उनी कुन रुपमा प्रस्तुत हुन्छन् त्यो आधारमा कारवाहीको प्रक्रिया अघि बढ्छ’ अनलाइनखबरसँग कुरा गर्दै एसपी राठौरले भने ‘जाहेरी नै आएको हकमा कानुन अनुसार अघि बढ्न सकिन्छ ।’ उजुरीकर्ताको परिचय गोप्य राखिएको छ ।

प्रचण्डको बारे प्रधानले राखेको पोष्टको स्क्रिन सट कपी समेत उजुरीमा राखिएको छ । पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?