Comments Add Comment

क्रिकेटको विकासका लागि क्रिकेट अष्ट्रेलियासँग छलफल गर्छौं : कप्तान पारस

९ पुस, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँगै दीपेन्द्रसिंह ऐरी सोमबार राति अष्ट्रेलिया प्रस्थान गर्दैछन् ।

कप्तान पारस, दीेपेन्द्रसँगै पूर्व यू-१९ टिमका खेलाडी सुवास प्रधान १५ दिने भ्रमणमा अष्टे्रेलिया जान लागेका हुन् ।

एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेसले अष्ट्रेलियाका चार शहरमा नेपालीहरुसँग क्रिकेट अन्तरक्रिया कार्यक्रम राखेको छ । यही कार्यक्रममा भाग लिन र क्रिकेट अष्ट्रेलियासँग छलफल गर्न एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेसका ब्राण्ड एम्बेस्डर कप्तान पारस त्यसतर्फ जान लागेका हुन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया कार्यक्रम ३० डिसेम्बरमा मेलबर्न, जनवरी ५ र ६ तारिखमा सिड्नी १० तारिखमा बि्रसबेन र १२ तारिखमा एडिलेडमा राखिएको छ ।

अष्ट्रेलिया जानुअघि कप्तान पारसले भने, ‘क्रिकेट अष्ट्रेलियासँग कस्तो खाल्को सम्बन्ध विस्तार गर्न सकिन्छ भन्ने कुरालाई मुख्य राखिने छ । नेपाली क्रिकेटको विकास गर्न नै क्रिकेट अष्ट्रेलियासँग छलफल गरिनेछ ।’

यस्ता खाले कार्यक्रमले आगामी दिनमा नेपाली खेलाडीलाई स्पोन्सर र प्रशिक्षणको बाटो पनि खुल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment