Comments Add Comment

ठेकदारको वेबसाइट भन्छ- मेलम्ची आयोजना सम्पन्न भयो

१२ पुस, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीको वेभसाइटलाई विश्वास गर्ने हो भने काठमाडौंवासीले मेलम्चीको पानी प्रयोग गरिसकेका छन् । सीएमसीको वेभसाइट सीएमसीजीआरयुपीपीओ डटकममा ‘स्टाटस कम्प्लिटेड’ उल्लेख छ ।

सात प्रतिशतभन्दा बढी काम बाँकी हुँदै सिएमसीले ९ करोड ८० लाख युरोमा ठेक्का लिएको मेलम्ची आयोजना सम्पन्न भइसकेको वेभसाइटमा राखेको हो ।

काम पूरा नहुँदै मेलम्चीसँग सम्झौता रद्द गर्न लागि परेको सीएमसीले केन्द्रीय कार्यालयबाट सञ्चालित वेभसाइटमा यस्तो उल्लेख गर्नु अर्थपूर्ण रहेको आयोजनाका एक इन्जिनियर बताउँछन् । उनी भन्छन्, ‘आयोजना पूरा नभई कम्पिलटेड लेख्नु सरासर बेइमानी हो ।’

आयोजनाका अनुसार व्यावधान विनाकाम हुने हो भने कम्तिमा तीनको काम अझै बाँकी छ । सुरुङलाई अन्तिम रुप दिन, सतहमा लाइनिङ, सर्फेस फिनिसिङ, सीसी क्यामेरा जडान जस्ता काम बाँकी नै छन् ।

मेलम्चीसँगको सम्झौता रद्द गर्न खोज्नुमा सीएमसी आफंैले ‘नगद अभाव’ लाई कारण बताएको थियो । आयोजनाले नदिएको भनेको ३५ करोड रुपैयाँका कारण सीएमसीलाई नगद अभाव भएको भने होइन ।

सीएमसीसँग नजिक रहेर काम गसिसकेकाहरूका अनुसार उसको ‘फाइनलसियल क्राइसिस’ इटलीस्थित कार्यालयबाटै शुरु भएको हो ।

विवाद बढाएर सीएमसीले नेपालबाट बढी रकम लान खोजेको मेलम्ची खानेपानी आयोजनाका एक अधिकारी बताउँछन् । सम्झौता नवीकरणका लागि उसले भेरियसनको ६० करोड, भूकम्पको क्षतिको ३५ करोड र काम गरिसकेको १५ करोड रुपैयाँ अगि्रम भुक्तानी र लिक्वेडेसन ड्यामेज तिर्न नमर्ने शर्त राखेको छ ।

यो पनि पढ्नुहोस् 

अड्कियो मेलम्चीको पानी, ठेकदारबाट फेरि धोका !

मेलम्चीमा फर्कन इटालियन कम्पनी तयार, दूतावासले जिम्मा लियो सीएमसीका कामदार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment