Comments Add Comment

वाइडबडीबारे देउवा र बाबुरामले नबुझी बोले : सुगतरत्न

१२ पुस, काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी जहाज खरिदबारे नेताहरुले नबुझेर टिप्पणी गरेको दाबी गरेका छन् ।

आफूले भ्रष्टाचार नगरेको भन्दै उनले भने, ‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझेर कसरी बोल्नुभयो ?’

बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा महाप्रबन्धक कंसाकारले नेताहरको कुरा सुन्दा अचम्म लागेको बताए । संसदको लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनको दाबी छ ।

वाइडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको उनले बताए ।

२ वटा वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित बोलाएको भन्दै उनले भने, ‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीले सम्पूर्ण जवाफ पठायौं । अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्‍यौं । विमान खरिद प्रक्रिया पनि विकास निर्माणको काम हो ।’

कंशाकारले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको भन्दै उनले आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दाबी गर्दै उनले बिरोध गर्नेहरुले कुरै नबुझेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment