Comments Add Comment

राष्ट्रिय परिचयपत्रका लागि ऐनको मस्यौदा बल्ल

१२ पुस, काठमाडौं । एक लाखभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र बितरणको प्रक्रिया सुरु भइसकेपछि सरकारले बल्ल यससम्बन्धी विधेयक बनाएको छ । मन्त्रीपरिषदले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिएको हो ।

पाँचथर जिल्लाका १ लाख १० हजार र सिंहदरवारका ७ हजार गरी १ लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरणको क्रममा रहेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

यो कार्यक्रम यसअघि प्रोजेक्ट मोडलमा रहेको र कानुन नबनेका कारण नयाँ विधेयक ल्याउनुपरेको उनको भनाई छ । पञ्जिकरण विभागलाई ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग’ बनाइएकाले पनि नयाँ कानुन ल्याउनुपरेको उनले बताए ।

दुईखाले विवरण

गृह प्रवक्ता सुवेदीका अनुसार राष्ट्रिय परिचयपत्रमा दुई खालका विवरण रहेका छन्– एउटा वैयक्तिक र अर्को जैविक । जैविक विवरणमा व्यक्तिको फोटो र दश औंलाको छाप रहनेछ । वैयक्तिक विवरणमा नाम, थर, ठेगाना, बाबु, बाजेको नाम, श्रीमान÷श्रीमतीको नाम, ठेगाना, जन्ममिति, राष्ट्रिय परिचय नम्बर, नागरिकताको किसिम र नागरिकता नम्बर रहनेछन् ।

सरकारका प्रवक्ता एवम सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी जैविक र वैयक्तिक विवरण सहितको राष्ट्रिय नम्बर राखेर बहुउपयोगी राष्ट्रिय परिचयपत्र प्रदान गर्न लागिएको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment