Comments Add Comment

बुढानीलकण्ठको पुनर्स्थापना केन्द्रमा प्रहरी छापा, ५१ युवतीको उद्दार

१२ पुस, काठमाडौं । प्रहरीले बुठानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ कृपाघर पनि भनिने बेथेस्टा होम पुनर्स्थापना केन्द्रमा छापा मारेर उनीहरुलाई उद्दार गरिएको हो ।

केन्द्रबाट दुई युवती भागेर टेकुस्थित काठमाडौं प्रहरी परिसरसम्म पुगेपछि त्यहाँ अमानवीय व्यवहार हुने गरेको खुलेको थियो । सोही आधारमा परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर युवतीहरुको उद्दार गरेको हो ।

बोगटीका अनुसार रिह्याबका दुई सञ्चालक र दुई जना कामदारलाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्ने सञ्चालकमा सन्तोष गौचन र श्रुति गुरुङ छन् । कामदारको नाम भने खुलाइएको छैन ।

उद्दार गरिएकाहरुमा १२ देखि ६० वर्षसम्मका युवतीहरु छन् । एक जना रसियन नागरिक पनि छन् ।

उनीहरुमध्ये २० जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी २९ जनालाई माइती नेपालको आश्रयस्थलमा राखिएको छ । स्रोतका अनुसार उक्त रिह्याबको एउटै कोठामा २५ जनासम्मलाई राखेर शारीरिक र मानसिक यातना दिइने गरिएको थियो ।

त्यहाँ यौन दुर्व्यवहार पनि भएको हुनसक्ने आशंका गरिएपछि पुष्टि नभएको प्रहरी बताउँछ ।

यसअघि २० मंसिरमा प्रहरीले सुकेधारामा रहेको ट्रान्सफरमेशन नेपाल नामक रिह्याबमा पनि छापा मारेको थियो । जसलाई गृहमन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले योग्य भएको प्रमाणीकरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment