१६ पुस, काठमाडौं । प्रहरीले काठमाडौं-२६, कपुरधाराबाट एउटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकोटको रासकोट-२ का २० वर्षीय भोजराज खड्का छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार खड्काले हतियार कारोबार गर्ने गरेको सूचनाको आधारमा पछ्याउँदै जाँदा लैनचौरस्थित उनको डेरामा हतियार भेटिएको थियो । कोठाभित्र लोबेड मुनि रातो रंगको झोलामा उक्त पेस्तोल भेटिएको उप्रेतीले जनाए ।
उनका अनुसार बरामद हतियार र गोलीको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4