Comments Add Comment

२०७६ सालको पात्रो माघ १५ सम्म प्रकाशन हुने

३० पुस, काठमाडौँ । विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष जस्तै आगामी वर्षमा पनि १३ वटा पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

यस वर्ष पनि सार्वजनिक बिदा पञ्चाङ्गमा समावेश गर्न नसकिएको समितिले जनाएको छ । सार्वजनिक बिदा सरकारले निर्णय गरेअनुसार हुने भनी उल्लेख गरिएको उनले जानकारी दिए । दशैँ, तिहार लगायत साइत पात्रोमै दिन माग भए पनि शास्त्रीय मान्यताअनुसार त्यसो नगरिएको समितिले जनाएको छ ।

समितिले स्वीकृति नदिएका पात्रो उपयोग गरी कुनै फरक पर्न सक्ने भएकाले सचेत हुन सबैमा आह्वान गरिएको अध्यक्ष गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment