+
+
Shares

डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ८ गते १६:१६

८ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी आयोगले डा. केसीसँग सरकारले पटक पटक गरेको सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवनरक्षाका लागि हरसम्भव प्रयास गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आयोगले चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘डा. के.सी. सँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’

आयोगले आपसी विमतिका विषयमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न पनि आग्रह गरेको छ । आयोगले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?