Comments Add Comment

योगको असली अभ्यास भइरहेको छ त ?

अहिले योग-अभ्यासको लहर चलेको छ । हरेको घर-घरमा योगको अभ्यास भइरहेको छ । हामीमध्ये कतिले योग सेन्टरमा धाएर योगको विधीहरु सिकिरहेका छौं । कतिले टेलिभिजनबाट योग विधी पच्छ्याइरहेका छौं । कतिले युट्युव जस्ता माध्यामलाई आफ्नो योग गुरु बनाइरहेका छन् ।

यद्यपी हामीले यसरी अपनाइरहेको योग विधी कति प्रभावशाली छ ? के हामीले सही ढंगले योगको अभ्यास गरिरहेका छौं ? यसबारे भने प्रश्न उठाउनुपर्छ । किनभने कतिपयले योगबाट तुरुन्तै स्वास्थ्य लाभ प्राप्त भएको अनुभव गर्छन् । कतिले यसबाट खास लाभ मिलेको छनक नै पाउँदैनन् । कतिपयलाई भने यसको साइड इफेक्ट देखिन सक्छ ।

अहिले हामीले जुन योग विधी अपनाइरहेका छौं, त्यसको सुत्रधार महषिर् पतञ्जली हुन् । उनले योग अभ्यासको विधीहरु पहिल्याएका थिए । र, आफैमाथि सफल अभ्यास गरेका थिए ।

आज योगले विश्वव्यापी रुप लिइसकेको छ । विश्वको अर्को गोलार्द्धमा पनि योग उत्तिकै लोकपि्रय छ, जति यहाँ छ । भारतका एक चर्चित योग गुरुले आफ्नो पुस्तक ‘लाइट अन लाइफ’ मा उल्लेख गरेका छन्, ‘पतन्जलिलाई योगका पिता भनिन्छ । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँच शताब्दीअघि जन्मिएका थिए । उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् ।’

हरिद्वारस्थित पतञ्जलि युनिभर्सिटीका योग प्रोफेसर संजय सिंह भन्छन्, ‘योग ब्रम्हान्ड जतिकै प्राचिन हो । योग स्वयम् ईश्वरद्वारा सिकाइएको अभ्यास हो । योगको उदेश्य जीवनलाई साँचो रुपमा बुझ्नु हो । र, आफुलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु हो ।’

संस्कृतमा योग शब्दको अर्थ जोड्नु वा मिलाउनु हो । सिंह भन्छन्, ‘आफ्नो असली स्वरुपलाई ईश्वरमा एकाकार गर्नु हो । स्वयम्लाई जान्नु हो । जीवनको उदेश्य र त्यसलाई जिउने सर्वोत्तम तरिका बुझ्नु हो ।’

आज कस्तो छ योग ?

आज योगको लहर चलेको छ, विश्वभर । हरेक घर-घरमा योग गर्नेहरु बढेका छन् । अहिले धेरै मानिसहरु किन योग गर्छन् ? किन उनीहरुले योग अभ्यासलाई अपनाइरहेका छन् ?

किनभने उनीहरुको रोगबाट उन्मुक्ति चाहन्छन् । कतिपय रोगले ग्रस्त छन् । आफुलाई गाँजेको रोगबाट उन्मुक्ती पाउनका लागि धेरैले योग गरिरहेका छन् । कतिपय संभावित रोगको घेरमा छन् । उनीहरु संभावित रोगबाट बच्न योग गरिरहेका छन् । भनौं, योगलाई धेरैले रोगबाट उन्मुक्ति पाउने बाटोको रुपमा बुझेका छन् ।

कतिपयले सुडौल शरीरका लागि पनि योग गरिरहेका छन् । योग गरेपछि, लचिलो, छरितो र सुडौल शरीर हुन्छ भन्ने सोचेर योग गरिहेका छन् ।

अहिले धेरैजसो मानसिक रोगले ग्रस्त छन् । मानसिक विकार बढेको छ । डिप्रेसन, चिन्ता जस्ता समस्याले धेरैलाई सताएको छ । उनीहरु यस्तै मानसिक विकार हटाउन योग गरिरहेका छन् । मनको शुद्धिकरणको माध्यामको रुपमा योगलाई अपनाएको छन् ।

शारीरिक रुपमा फिट रहन, निरोगी रहन, मानसिक रुपले शान्त रहन योग विधी अपनाउने जमात बढ्दो छ ।

योगको अनेक विधी र अभ्यास छन् । अहिले प्रचलित योग अनेक किसिमका छन्, हठ योग, अथ्यंगर योग, अष्टांग योग, विन्यास योग आदि । यी सबै योगको लक्ष्य एउटै देखिन्छ, शारीरिक फिटनेस र शान्ति ।

त्यसैगरी अहिले मानिसले आफु अनुकुल योग विधीहरुको विकास गरेका छन् । कतिपय कुकुरसँग योग गर्न जान्छन् । यसलाई डग योगा नाम दिएका छन् । कतिपय न्युड योगाको अभ्यास गरिरहेका छन्, निर्वस्त्र भएर । जर्मनीको राजधार्नी बर्लिनमा बीयर योगाको ट्रेन्ड सुरु भएको छ ।

यस किसिमको अभ्यास र प्रयोगले योगलाई विश्वव्यापी बनाउँदै लगेको छ । तर, योगको असली महत्व र स्वरुप भने हराउँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment