Comments Add Comment

‘आइस ड्रग’ कारोबारी प्रहरी फन्दामा

२ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले आइस ड्रग्स भनिने एम्फेटाइमिन कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङको मर्स्याङ्दी–४ का ४८ वर्षीय टेकबहादुर तामाङ छन् ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उलनाई काठमाडौं–२६, खुशीबु क्षेत्रमा फेला पारेको थियो ।

त्यसक्रममा उनको शरीर खनतलासी गर्दा ५१ ग्राम लागूऔषध भेटिएको राठौरको भनाइ छ । उनीलाई पक्राउ गरेर थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment