Comments Add Comment

पाकिस्तानमाथि कहाँसम्म जान सक्छ भारत ?

भारत प्रशासित काश्मिरको पुलवामामा सीआरपीएफका फौजमाथि भएको हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् कि उनले जवाफी कारवाहीका लागि सेनालाई पूर्णत छुट दिएका छन् ।

यो हमला बितेको तीन दशकमा भारतमाथि भएको सबैभन्दा खतरनाक चरमपन्थी हमला हो । यो हमलापछि प्रधानमन्त्री मोदीले भनेका छन्, चरमपन्थी संगठन र उनका सहयोगीले ठूलो मूल्य चुकाउनुपर्ने छ ।

गृहमन्त्री राजनाथ सिंहले यो हमलाका लागि पाकिस्तानलाई जिम्मेवार ठहर्‍याउँदै करारी जवाफ दिने धम्कीसमेत दिएका छन् । मिडियामा पनि आक्रमकताको सुर छ । केही प्रभावकारी टेलिभिजन त बदला लिनका लागि उत्ताउला देखिइरहेका छन् ।

आत्मघाती कार हमलाको जिम्मेवारी पाकिस्तानी भूमिमा क्रियाशील संगठन जैश-ए-मोहम्मद (जेईएम) ले लिएको छ । अमेरिकासहित केही देशले यो संगठनलाई चरुमपन्थी संगठनको सूचीमा राखेका छन् ।

यसका संस्थापक नेता मौलाना मसूद अजहरलाई भारतीय सुरक्षा बलले १९९० को दशमा गिरफ्तार गरेको थियो । १९९९ मा दिल्ली आइरहेको विमान -काठमाडौंबाट) अपहरण गरेर कान्दाहार लगिएपछि यात्रीको रिहाईका लागि बदलामा चरमपन्थीलाई भारतले रिहा गरिदिएको थियो । त्यसमा अजहर पनि सामेल थिए ।

भारतीय प्रशासन हमेसा त्यो विमान अपहरणकाण्डका लागि पाकिस्तानलाई जिम्मेवार ठहर्‍याउँछ ।

जैशका कारण तनाव

बितेका केही वर्षदेखि अजहरलाई ‘ग्लोबल टेरोरिस्ट’ का रुपमा चित्रित गर्नका लागि भारतले संयुक्त राष्ट्रमाथि दबाव दिँदै आयो । त्यहाँ पाकिस्तानको साहयोगी देशका रुपमा चीनले हमेसा यो पहलको विरोध गर्दै आयो ।

पलुवामा हमलामा जेईएमकको संलिप्तताबाट पाकिस्तानको सिधा सम्बन्ध स्पष्ट हुन्छ । सन् २००१ मा भारतीय संसदमाथि हमलाका लागि जैशलाई जिम्मेवार ठानिएको छ, सो हमलामा ९ सुरक्षाकर्मीको मृत्यु भएको थियो । त्यसपछि दुबै देशवीच हालत यति तनावपूर्ण रह्यो कि केही महिनासम्म युद्धजस्तै स्थिति बनिरह्यो ।

सन् २०१६ मा पठानकोट एवं उरीस्थित भारतीय सैन्य प्रतिष्ठानमाथि हमला भयो, त्यसपछि भारतीय सेनाले दाबा गर्‍यो कि उसले लाइन कन्ट्रोलमा रहेको चरमपन्थीको शिविरमाथि ‘सर्जिकल स्ट्राइक’ गर्‍यो ।

जैशबाट आइएसआइलाई हैरानी

यसचोटि भारतीय जनता पार्टीको नेतृत्ववाला सरकारलाई ज्यादा केही गर्ने दबाव छ । २०१६ को सर्जिकल स्ट्राइक धेरै सीमित थियो, समय र टार्गेट दुबै दृष्टिले । जसका कारणले पाकिस्तानले यो -सर्जिकल स्ट्राइक) भएकैमा समेत इन्कार गरेको थियो ।

त्यसैगरी भारतीय सेना, यो स्वीकार गर्छ कि क्षति पुर्‍याउनेवाला चरमपन्थी हमलामाथि उसले पाकिस्तानविरुद्ध तत्कालै कारवाही गर्नु परे पनि ऊ सक्षम छ । तर, यो कदमले त्यो खतरालाई बढाउने छ र त्यहाँसम्म पुग्न सक्छ, जहाँ केवल युद्ध नै सामनेमा हुनेछ ।

यो डर तब बढ्ने छ, जब दुबैदेशसँग आणविक हतियार छ । पाकिस्तानले यी हतियार प्रयोग गर्ने संकेत पनि कैंयौंपटक दिएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले पुलवामा हमलापछि ‘गम्भीर चिन्ता’ जनाउँदै टि्वट गरेर आरोपको खण्डन गरेको छ, जसमा विनाकुनै जाँच भारत सरकार र भारतीय मिडियाले यो हमलामा पाकिस्तानको सम्बन्ध जोडिइरहेका छन् ।

भलै आत्मघाती हमलाप्रति जैश-ए-मोहम्मदले जुन प्रकारले जिम्मेवारी लिएको छ र त्यसका संस्थापक मसूद अजहर जुनप्रकारले पाकिस्तानमा स्वतन्त्रतापूर्वक घुमिरहेका छन्, त्यसलाई देखेर भारतीयहरुलाई कुनै अरु सुबतको जरुरत पर्दैन ।

पाकिस्तानी सेनाको नियन्त्रणमा रहेको गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टिलिजेन्स (आइएसआई) लाई पनि जैश-ए- मोहम्मदबाट समस्या रही आएको छ ।

वास्तवमा जैश, लश्कर-ए-तैयबा जस्तो चरमपन्थी संगठन होइन, जसले पाकिस्तानको सेनाको आदेश मानिरहन्छ । जैश पाकिस्तानी सैन्य अड्डामाथि पनि हमला गर्न हिच्किचाउँदैन । सन् २००३ मा यस संगठनले पाकिस्तानका सैन्य शासक परवेज मुशर्ररफमाथि दुईचोटि खतरनाक हमला गरिसकेको छ ।

यसका बाबजुद जैशमाथि पाकिस्तानी सेनाले आफ्नो आँखा बन्द गर्दै आएको छ । यसबाट काश्मिरमा तनावपूर्ण स्थिति बनाइराख्नका लागि संगठनको उपयोगिता छ ।

भलै, अब यो हेर्नुपर्ने हुन्छ कि जैश-ए-मोहम्मदमाथि के कारवाही हुन्छ ? यसलाई लिएर भारतमाथि धेरै दबाव पर्नेछ । र, चीनसँग पनि यो सम्भव छ । किनकि, मानिँदै आएको छ कि चीन अब अजहरलाई पक्षपोषण गर्नबाट धेरै अगाडि बढिसकेको छ ।

यसमा सम्भव छ कि यो समूहलाई पाकिस्तानमा प्रतिबन्ध लगाइनेछ । भौगोलिक राजनीतिमा यो आत्मघाती हमलालाई स्थानीयता भन्दा महत्वपूर्ण देख्न सकिन्छ ।

बितेको एक वर्षमा भारतीय सुरक्षा बलले करिब तीन सय कास्मिरी चरमपन्थीलाई मारेको छ । यसमा बढीजसो दक्षिण कास्मिरका थिए, जहाँ यो हमला भएको छ ।

यसमा चरमपन्थी समूहका सामुन्ने आफ्नो उपस्थिति देखाउनका लागि ठूलो हमला गर्नु आवश्यक बन्न गयो ।

यो इलाकामा जुन चरमपन्थी समूहको दबदबा छ, जसमा हिज्ब-ऊ- मुजाहिद्दिन, आत्मघाती हमलालाई गैर-इस्लामिक मान्छ । यसमा जैश-ए- मोहम्मद र लश्कर-ए-तैयबामाथि नै यस्तो हमलाको जिम्मेवारी छ ।

भारतीय सुरक्षातन्त्रका लागि यो गम्भीर गुप्तचरी कमजोरी हो । पुलिस र गुप्तचर एजेन्सीले यो प्रश्नको सामना त गर्नैपर्ने हुन्छ कि जैश-ए-मोहम्मद भारतीय सेनाको यति ठूलो डफ्डामाथि आक्रमण गर्न कसरी सफल भयो ? जसमा भारी मात्रामा बिस्फोटक पदार्थ राखिएको कारको प्रबन्धदेखि लिएर त्यसको निगरानी, हमलाको पूर्वाभ्यास र कैयन स्तरको सुरक्षा व्यवस्थामा जोडिएका सवालहरु सामेल छन् ।

यतिबेला भारत सरकार विकल्पहरुमाथि विचार गरिरहेको छ । आर्थिकरुपमा उसले कदम उठाउँदै पाकिस्तानसँग ‘मोस्ट फबर्स नेसन’को दर्जा फिर्ता लिने निर्णय गरेको छ । यसबाट पाकिस्तानलाई व्यापारिक फाइदा मिल्ने छैन ।

यसबाहेक भारत सरकार पाकिस्तानलाई राजनीतिकरुपमा पनि अलग-थलग गर्ने कुरा गरिरहेको छ । तर, जबसम्म जैश-ए-मोहम्मदमाथि पाकिस्तानले कुनै कारवाही गर्दैन, तबसम्म यस्ता अरु हमला हुने आशंकालाई अस्वीकार गर्न सकिँदैन ।

(शक्ला बीबीसी हिन्दीका सामरिक विशेषज्ञ हुन् । उनको यो विश्लेषण बीबीसीबाट भावानुवाद गरिएको हो ।)

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment