+
+
Shares

प्रियंका चोपडा गर्भवती ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ८ गते १५:२७

हिजोआज सामाजिक संजालमा मानिसहरु निकै सक्रिय छन् । सामाजिक संजालमा अरुको बिषयमा चर्चा परिचर्चा गर्नु धेरैको दैनिकी पनि बनेको छ । अझै, स्टारहरुको बिषयमा त सामाजिक संजाल सधै नै रंगिएको हुन्छ । हालैमात्र, बलिउड नायिका प्रियंका चोपडा गर्भवती भएको खबर सार्वजनिक भयो । भ्यालेन्टाइन डेको दिनमा प्रियंकाले इन्स्टाग्राममा राखेको एक तस्बिरमा उनको पेट केही ठूलो देखियो । जसलेगर्दा, उनी गर्भवती छिन् भन्ने खालका चर्चा सुरु भयो ।

तर, प्रियंकाले यो बिषयमा केही पनि बोलिनन् । तर, उनकी आमा मधु चोपडाले यो बिषयमा मुख खोलेकी छिन् । उनले, भारतीय मिडियासँग कुराकानी गर्दै भनिन्–‘यो गलत खबर हो । प्रियंकाको पेट केही ठूलो देखिनु क्यामेराको लेन्सको कारण हो ।’

मधुले आफूले यो कुरा प्रियंकालाई सुनाउँदा उनले लामो हाँसो हाँस्दै आफूलाई केही समय यस्ता कुराबाट ब्रेक दिन आग्रह गरेको समेत बताइन् । हलिउड गायक निक जोनसँग डिसेम्बरमा बिहे गरेकी चोपडा अहिले बैबाहिक जीवनमा रमाइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?