Comments Add Comment

नागरिकता र नख्खु प्रकरण कुन पहिले भन्नेमा विवाद !

१२ फागुन, काठमाडौं । संसदको राज्य व्यवस्था तथा शुसासन समितिमा आइतबार नागरिकता विधेयकबारे गृहमन्त्रालय, कानुन मन्त्रालय र समिति सचिवालयले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।

तर, बैठक सुरु भएलगत्तै कांग्रेस सांसद देवेन्द्रराज कँडेलले ऐनसेलको मुख्यालय नख्खुमा बम विस्फोट भएको घटनाका सम्बन्धमा छलफल गर्र्नुपर्ने बताए । ‘व्यक्ति रहे न नागरिकता, व्यक्ति नै नभए के को नागरिकता ?’ कँडेलले भने, ‘एउटा नेपालीको ज्यान गएको छ । देशभर त्यस्तै प्रकृतिका घटना भएका छन् । यसबारे सरकारको धाराणा आउनुपर्छ ।’

सांसद कँडेलको प्रस्तवमा हो मा हो मिलाउँदै कांग्रेसकी अर्की सांसद डिला संग्रौला र मिना पाण्डेले पनि शान्ति सुरक्षाको विषय महत्वपूर्ण रहेको भन्दै पहिले गृहमन्त्रीले देशको शान्ति सुरक्षाबारे जानकारी गराउनुपर्ने बताए ।

समिति सभापति शशी श्रेष्ठले नख्खुमा बम विस्फोट र अन्यत्र पनि एनसेलका टावरहरुमा भएको आगजनीका विषयमा छलफल हुने तर, त्यसभन्दा पहिले नागरिकता विधेयकबारे तयार प्रतिवेदनमाथि छलफल गर्ने प्रस्ताव गरिन् ।

सत्तारुढ दलका संसदहरुले पनि समितिको कार्यसूची जे छ त्यसैमा पहिले छलफल गर्नुपर्ने तर्क गरे ।

कांग्रेस संसद कँडेलले त्यसो भए आफु बैठकमा सहभागी नहुने उल्लेख गर्दै ‘भरे समाचारमा यो विषय देख्न पाउँ भन्दै बाहिरिन खोजे । डिला संग्रौला आफ्नो सिटबाट उठिन् । तर, सभापति श्रेष्ठले आजै अहिले नै ५ मिनेटमा छलफल गर्ने भन्दै नउठ्न आग्रह गरिन् ।

आफ्नो सिटबाट उठिसकेकी सांसद संग्रौला बहिष्कार नभई पार्टीको बैठकमा सहभागी हुन जान्छु भन्दै बाहिरिन् । सांसद कंडेल पनि बहिस्कार गरेको भन्ने शब्द प्रयोग नगरी काम छ भन्दै निस्किए ।

पार्टीको काममा हो भने त ठीकै छ भन्दै सभापति श्रेष्ठले बैठकलाई अगाडि बढाइन । लगत्तै कांग्रेसकी अर्की सांसद मिना पाण्डे पनि बैठककक्षबाट निस्कइन् र, केही मिनेटमै बैठक कक्षमा प्रवेश गरिन् । बैठकक्षमा प्रवेश गरिसकेपछि सांसद पाण्डेले नागरिकता विधेयकबारे तयार प्रतिवेदन बाचन मात्रै गर्ने, छलफल नगर्ने र लगत्तै गृहमन्त्रीले शान्ति सुरक्षाबारे धारणा राख्नुपर्ने प्रस्ताव गरे ।

सभापतिले त्यसै अनुसार जाने हो भनिन् र समिति बैठक तयसै अनुसार चल्यो ।

गृहमन्त्री झुक्किए

संसदहरुको आग्रहअनुसार सभापतिले देशका बिभिन्न ठाउँमा एनसेल टावरहरुमा भएको आगजनी, बम बिस्फोट र घटनाको अनुसन्धानका सम्बन्धमा भएका गतिविधिबारे जानकारी दिन गृहमन्त्री रामबहादुर थापा ‘वादल’लाई समय दिइन् ।

जवाफमा गृहमन्त्री थापाले १ नम्बर प्रदेशबाहेकका प्रदेशमा ऐनसेलका टावरहरुमा आगजनी र आगजनीको प्रयास भएको बताए । प्रदेशगत तथ्याङ्क राख्ने क्रममा उनले भने, ‘७ नम्बर प्रदेशमा कञ्चनपुर र अछाममा एनसेलकै टावरलाई केन्द्रित गरेर आगजनी भएको छ ।’

लगत्तै, समिति सदस्यहरुले सुदूरपश्चिम प्रदेश भनेर सम्झाए छ । तर, त्यसमा गृहमन्त्रीले थपे, ‘सुदूरपश्चिम ७ नम्बर । अब यो नामाकरण त भएको छैन क्यार !’ फेरि संसदहरु बोले भइसक्यो भइसक्यो । पछि गृहमन्त्री थापाले सच्याए, ‘सुदुरपश्चिमा प्रदेशमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment