+
+

शरीरका सबै अंगमा टाटु बनाएर यी युवतीले राखिन् विश्व किर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते ०:००

जिउका विभिन्न अंगमा टाटु खोप्नु केही मानिसका लागि शौखको विषय हुन्छ । भारतकी एक युवतीले चाहीँ आफ्नो त्यहीँ शौख पूरा गर्ने क्रममा विश्व किर्तिमान कायम गरेकी छन् ।

२१ वर्षकी तेजस्वी प्रभुलकरले जिउका सबै अंगमा टाटु खोप्ने आफ्नो शौख पूरा गरिन् । जसका कारण उनको नाम विश्व किर्तिमानमा दरिएको छ ।

मुम्बईमा बस्ने तेजस्वी प्रभुलकरले आफ्नो शरीरमा कूल १ सय ३ वटा टाटु बनाएकी छिन् । उनी जिउमा सबैभन्दा धेरै टाटु बनाउने भारतीय महिलाको रुपमा लिम्का बुक अफ वल्र्डस्मा उनको नाम दर्ज भएको छ ।

१७ वर्षकी हुँदा नै उनले जिउमा टाटु खोप्न थालेकी हुन् । टाटुको अनौठो शौखकै कारण उनले आफ्नो घरपनि छाड्नु पर्यो । तर पनि उनले आफ्नो शौख छाडिनन् । अन्ततः टाटु आर्टिस्ट, पेन्टर तथा मोडेलको रुपमा उनले आफुलाई स्थापित गरिन् ।

उनले आफ्नै नाम तेजस्वी लेखेर जिउमा पहिलो टाटु खोपेकी थिइन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?