Comments Add Comment

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौंमा

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो ।

बाँकी शव बिहीबार विहान ल्याइएको हो । शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment