Comments Add Comment

नेपाली महिला क्रिकेट टिम स्वदेश फर्कियो

१६ फागुन, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोटमा उपविजेता बनेको नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।

थाइल्यान्डमा बुधबार सम्पन्न आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेपनि उपविजेता बन्दै नेपाली महिला टिम स्वदेश आज फर्किएको हो ।

नेपालले प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेपनि अर्को खेलमा थाइल्यान्डले यूएईलाई पराजित गर्दै टी-२० विश्वकप छनोट २०१९ र विश्वकप २०२० को छनोटमा प्रवेश गरेको थियो ।

एसिया छनोट प्रतियोगितामा नेपालले ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १० अंक बनाएको थियो । थाइल्यान्डले भने एक खेल पनि नहारी १२ अंक बनाउँदै विजेता बन्यो । यता, यूएईले भने ६ खेलबाट ८ अंक बनाउँदा चौथौं स्थानमा चीन, पाँचौमा हङकङ, छैटौंमा मलेसिया र सातौं स्थानमा कुवेत रहन सफल भए ।

यो पनि पढ्नुस्

नेपाली महिला क्रिकेटको विश्वकप सपना अधुरै, एउटा हार नै महंगो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment