Comments Add Comment

‘सिके राउतसँग सेटिङ, रेशमलाई जन्मकैद ?’

२८ फागुन, सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिके राउत र रेमश चौधरी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

मंगलबार बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै राउतले राउतलाई सेटिङमा रिहा गरिएको दाबी गरे । ‘छुट्टै मधेशको माग गर्ने सिके राउतलाई सरकारले सेटिङ गरेर निकाल्ने अनि राजनीतिक विद्रोह गर्नेलाई आजीवन कारावास हुने ? उनले भने ।

टीकापुरमा सुरक्षाकर्मी मारिनु दुःखद भएको तर, सो घटना राजनीतिक विद्रोह भएको उनले बताए । ‘राजनीतिक विद्रोह गर्नेलाई सोही अनुरुप व्यवहार हुनुपर्छ’ उनले भने ।

काण्डैकाण्डमा फस्दैछ सरकार

पूर्वप्रधानमन्त्री भट्टराईले सरकार काण्डैकाण्डमा फस्दै गएका कारण जनता असन्तुष्ट बनेको बताए । ‘बाइडबडी काण्ड, सुनकाण्ड, एनसेल काण्ड, बुढीगण्डकी काण्डसहित काण्डैकाण्डमा सरकार फस्दै गएको छ’ भट्टराईले भने, ‘यसले मुलुकको आर्थिक विकासमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’

भ्रष्टाचार बढेको, आर्थिक क्षेत्र कमजोर बन्दै गएको, वैदेशिक लगानी घट्दै गएको र आर्थिक सूचकांक ओरालो लागेको उनले बताए । ‘काण्डैकाण्डमा फँस्नु र विकृतिहरु बढ्दै जानुको मतलव सरकार असफल हुनु हो’ उनले भने, ‘विकास खर्च गर्न नसक्ने र राजश्व अपेक्षा अनुरुप उठाउन नसक्ने भनेर सरकारले नै भनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment