Comments Add Comment

एकैदिन पाँच सय घट्यो सुनको भाउ

१ चैत, काठमाडौं । सुनको भाउ शुक्रबार पाँच सय रुपैयाँ घटेको छ । बिहीबार ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन चैत शुरु भएकै दिन पाँच सय रुपैयाँ घटेर प्रतितोला ६० हजारमा कारोबार भइरहेको हो ।

पछिल्लो एक सातामा सुन प्रतितोला ६० हजार आसपासमै कारोबार भइरहेको छ ।  अन्तर्राष्ट्रिय बजार अनुसार नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ३ सय ३ दशमलब ५२ डलरमा कारोबार भइरहेको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार प्रतितोला ६० हजार २ सय रहेको तेजाबी सुनको भाउ शनिबार ५ सय रुपैयाँ घटेको हो ।

यस्तै चाँदी बिहीबार ७ सय ४५ रुपैयाँ प्रतितोला रहेकोमा १० रुपैयाँ घटेर शुक्रबार ७ सय ३५ मा किनबेच भइरहेको छ ।

नेपाली बजारमा दैनिक १८ देखि २० किलो सुन किनबेच हुने गरेको छ । तर, सुन महंगो हुँदा बिक्री बढ्न नसकेको व्यवसायी बताउँछन् ।

सिजनमा समेत सुनको मूल्य वृद्धि हुँदा कारोबार घटेको व्यवसायी मणिकरत्न शाक्य बताउँछन् ।  विवाहको लगन सकिँदै गएकाले पनि अब सुनको बिक्री झन् घट्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment