Comments Add Comment

जिदान आएसँगै रियलको विजयी सुरुवात

३ चैत, काठमाडौं । खराब लयमा रहेको रियल मड्रिडले जिनेदिन जिदान आएसँगै विजयी सुरुवात गरेको छ । स्पेनिस ला लिगामा रियलले सेल्टा भिगोलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

आफ्नै घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोमाथि सहज जित निकाल्यो । प्रशिक्षक सान्टियागो सोलरीलाई बर्खास्त गरेपछि रियलले पूर्व प्रशिक्षक जिदानलाई ठूलो रकममा आफ्नो क्लब सम्हाल्न ल्याएको थियो ।

रियलको जितमा इस्को र ग्यारेथ बेलले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । खेलको ६२औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यस्तै, ७७ औं मिनेटमा बेलले गोल गर्दै रियललाई २-० गोलको जित दिलाए ।

जितसँगै २८ खेलबाट ५४ अंक जोडेको रियल लिगको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको भने २७ खेलबाट ६३ अंक छ । बार्सिलोना भन्दा रियल ९ अंकले पछि छ ।

त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड एट्लेटिको विलबाओसँग २-० गोलअन्तरले पराजित भएको छ । एट्लेटिको मड्रिड २८ खेलबाट ५६ अंकसहित लिगको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment