३ चैत्र, काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले श्रीलंकासँगको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।
शनिबार राति भएको पाँचौं तथा अन्तिम खेलमा डकवर्थ लेविस मेथोडमा ४१ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ५–० ले जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २२५ रन बनाएपछि दक्षिण अफ्रिकाले सामान्य चुनौती पाएको थियो । श्रीलंकाका कुशल मेन्दिसले ५६ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबडाले तीन विकेट लिएका थिए ।
२२६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २८ ओभरमा दुई विकेटको क्षतिमा १३५ रन बनाउँदा वर्षा भएपछि खेल हुन सकेन । ऐडन मरक्रमले अविजित ६७ र रसी भान डर डुसेनले अविजित २८ रन बनाउँदा पानी परेको थियो । त्यसपछि खेल हुन नसकेपछि खेल डिएल मेथोडबाट छिनोफानो गरिएको हो ।
प्रतिक्रिया 4