+
+

कार्यान्वयनमा आउन सकेन सिञ्जा गुरुयोजना

रासस  रासस 
२०७५ चैत ३ गते १७:१९

३ चैत, सिञ्जा । जुम्लाको सिञ्जा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनाको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस क्षेत्रको समग्र विकासका लागि तयार गरिएको सो गुरुयोजनालाई बेवास्ता गरिएको स्थानीयवासीले गुनासो गरेका छन् ।

सिञ्जा क्षेत्रको विकासका लागि जुम्ला सामाजिक विकास केन्द्रले विसं २०६५ मा गुरुयोजना बनाएको थियो । दश वर्षे गुरुयोजनामा सिञ्जा क्षेत्रमा चार लेन सडक र तटबन्ध निर्माण गर्नेदेखि सङ्ग्रहालय निर्माण गरिने उल्लेख छ ।

पर्यटक बिरामी भएमा औषधि उपचारका लागि अस्पताल निर्माण, ओझेलमा परेका मठमन्दिर व्यवस्थापन, स्नातकोत्तर अध्ययन गर्ने कलेज स्थापना, सर्पदंशको उपचार सेवा सञ्चालन गर्ने, मठमन्दिरको संरक्षण गर्ने, पशु चौपायाको संरक्षण स्थल निर्माण गर्नेलगायतका पूर्वाधार निर्माणका विषय गुरुयोजनामा उल्लेख गरेको कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले बताP .

गुरुयोजनाको कार्यान्वयन गराउन मन्त्रालय र सम्बन्धित कार्यालयमा पटकपटक माग गरेको र साविकको जिल्ला विकास समितिले समेत १० वर्षे योजना पारित गरिसक्दा पनि चासो नदिइएको जुम्ला सामाजिक विकास केन्द्रका अध्यक्ष तथा कनकासुन्दरी गाउँपालिका–४ का भक्तबहादुर बोगटीले गुनासो गरे । गुरुयोजनालाई तत्काल कार्यान्वयन गर्न सकिए सिञ्जा क्षेत्रको मात्र नभई समग्र जिल्लाको विकासमा बल पुग्ने उनको भनाइ छ ।

धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस क्षेत्रमा कनकासुन्दरी मन्दिर, विराट दरबार, पाण्डफ गुफाको गरुड नुहाउने मन्दिर, वाणगङ्गा मन्दिरलाई पवित्र तीर्थस्थलको रुपमा लिने गरिन्छ । उचित संरक्षणको अभावमा यस क्षेत्रमा छरिएर बेवारिसे अवस्थाका रहेका ढुङ्गे खम्बा, देबल, मुग्राहा, प्राचीन बस्तीका भग्नावशेष देख्दा जो कसैलाई पनि दुखित बनाउँछ ।

सिञ्जामा बोलिने भाषा, त्यहाँको सभ्यता, त्यहाँका पर्यटकीय स्थल, धार्मिक स्थल, पुराना दरबार सङ्कटमा पर्दै गएका छन् । विराट दरबारको भग्नावशेष मात्रै भेटिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?