६ चैत, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो । त्यसअघि नेपालले श्रीलंकालाई ४–० ले पाखा लगाएको थियो ।
साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो । नेपालले भने चौथो पटक फाइनल खेल्न लागेको हो ।
फाइनल खेल शुक्रबार हुनेछ ।
शहीद रंगशालामा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
१८ औ मिनेटमा डालिमा छिबरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं मिनेटमा इन्दुमती काथिरिसानले अर्को गोल थपिन् । ३७ औं मिनेटमा भारतकी इन्दुमतीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाएकी थिइन् ।
खेलको अतिरिक्त समयमा भारतकी मनिषाले गोल गर्दै ४–० गोलको जित दिलाइन् ।
प्रतिक्रिया 4