+
+

सामसङ ग्यालेक्सी ए सिरिज अन्तर्गतका ए५० तथा ए३० बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ७ गते २०:०५

७ चैत, काठमाडौं । सामसङले हालै आफ्नो ए सिरिज अन्तर्गतका नयाँ स्मार्टफोन बजारमा ल्याएको छ ।

आफ्नो नवीनतम आविष्कार अन्तर्गत कम्पनीले नयाँ सुविधा एवं विशेषताहरु सहित पहिलो पटक अल्ट्रा–वाइड एङ्गल क्यामरा (भिडियो), चाडै चार्ज हुने प्रविधि तथा इन्फिनिटि यू डिस्प्ले आदि विशेषता युक्त ए५० तथा ए३० स्मार्टफोन बजारमा ल्याएको हो ।

नयाँ ग्यालेक्सी ए स्मार्टफोनले आजका युवाहरुका आवश्यकतालाई सक्रिय रुपमा पूरा गर्दै आएको छ । एक तथ्याङ्कअनुसार औसत ग्राहकले प्रतिहप्ता १५८ मिनेट सामाजिक सञ्जालमा विताउँछन् र २०६ मिनेट गेमहरु खेल्न बिताउने गर्दछन् । त्यसैले पनि सामसङले युवापुस्तालाई टार्गेट गरेर नयाँ फोन ल्याएको हो ।

“सामसङ सदैव अर्थपूर्ण आविष्कारका लागि निरन्तर उत्साहित छ । हाम्रो सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी ए लोकप्रिय एवं एक्सन फोनका रुपमा रहने छ ।” आइ एम बिजका प्रमुख प्रणय रत्न स्थापितले भने, यो विशेष गरी युवा पुस्ताको लागि निर्माण गरिएको हो ।

ग्यालेक्सी एमा अल्ट्रा–वाइड, स्लोमो र हाइपर लिफ मोडहरु विद्यमान रहेका छन् । यी विशेषताहरुले वास्तविक रुपमा नै रियल टाइममा कन्टेन्टहरुको विकास तथा सेयरिङ्ग गर्न सकिन्छ ।

ग्यालेक्सी ए५०

ग्यालेक्सी ए५० ए ब्रान्डको नयाँ स्मार्टफोन हो । यसमा कम्पनीले विभिन्न सुविधाहरु समावेश गरेको छ । यस स्मार्टफोनमा तीनवटा रियर क्यामरा छन्, नयाँ जमानाको इन्फिनिटि–यू डिस्प्ले तथा शक्तिशाली व्याट्री राखिएको छ ।

उत्कृष्ट दृश्य अनुभव प्रदान गर्न ग्यालेक्सी ए५० स्मार्टफोनमा ६.४ इन्च एफएचडी प्लस नयाँ जमानाको इन्फिनिटि–यू डिस्प्ले तथा सामसङको आफ्नै सुपर एएमओएलईडी रहेको छ । यस सेटले ९१.६ प्रशितको स्क्रीन वडी अनुपात प्रदान गर्दछ ।

२५ मेगा पिक्सल युक्त मुख्य क्यामराको लेन्स रहेको छ । जसले कम उज्यालोको अवस्थामा पनि स्पष्ट फोटो खिच्न सकिन्छ । सामसङ ग्यालेक्सी ए५० मा ४,०००एमएएच व्याट्री रहेको छ, यसमा १५वाट फास्ट चार्ज प्रविधि तथा छिटो डाटा स्थानान्तरणको यूएसबी टाईप सी रहेको छ ।

ग्यालेक्सी ए५० स्लिम डिजाइन तथा कर्र्भड् सेपमा उपलब्ध छ भने नीलो तथा कालो गरी २ वटा रंगमा उपलब्ध रहेको छ ।

ग्यालेक्सी ए३०

ग्यालेक्सी ए३० मा पनि नयाँ प्रविधिको प्रयोग भएको छ । यस स्मार्टफोनमा दुई वटा क्यामरा अल्ट्रा वाइड–एङ्गल लेन्ससहित १६एमपी (एफ१.७) +५एमपी(एफ२.२) रहेको छ । सामसङ ग्यालेक्सी ए३०मा ४,०००एमएएच व्याट्री रहेको छ, यसमा १५वाट फास्ट चाज प्रविधि तथा एज–टु–एज ६.४” सुपर एएमओएलईडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ ।

ग्यालेक्सी ए३०मा विकसित फिङ्गगर प्रिन्ट सेन्सर राखिएको छ । यो सेट रातो, नीलो तथा कालो रंगमा बजारमा उपलब्ध रहेको छ ।

मूल्य

ग्यालेक्सी ए५० ४–६४ जिबीको बजार मूल्य ३३ हजार ४ सय ९० तथा ग्यालेक्सी ए३० ४–६४ जिबीका को बजार मूल्य २८ हजार ४ सय ९० तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?