+

ओलम्पिकको दोस्रो चरणको छनोटको लागि तयारी सुरु

२०७५ चैत  १३ गते १५:२० २०७५ चैत १३ गते १५:२०
ओलम्पिकको दोस्रो चरणको छनोटको लागि तयारी सुरु

१३ चैत, काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणको लागि नेपाली महिला फुटबल टिमले आजदेखि तयारी सुरु गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज (बुधबार) देखि महिला टिमले अभ्यास थालेको हो ।

गत चैत ८ गते विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली महिला टिमले केही दिनको विश्रामपछि पुनः अभ्यास थालेको हो ।

मुख्य प्रशिक्षक हरि खड्काले राम्रो खेल्दै नेपालले सकारात्मक नतिजा ल्याउने बताए । उनले भने, ‘हिरो गोल्डकप, साफ महिला च्याम्पियनसिप खेलेको कारण सबै खेलाडीको खेल निखारिएको छ । साफमा भएको कमी कमजोरीलाई सुधार गर्दै राम्रो नतिजा ल्याउने लक्ष्यमा छौं ।’

जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणको खेल सुरु हुनु धेरै दिन छैन । यही अप्रिल तीन तारिखदेखि म्यानमारमा ओलम्पिकको दोस्रो चरणको खेल हुदैछ ।

समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल ३ अप्रिलमा आयोजक म्यानमारसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतसँग ६ अप्रिल प्रतिस्पर्धा गर्दैछ ।

भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

समूहको शीर्ष स्थानमा पर्ने टिम मात्रै अघिल्लो चरणमा प्रवेश गर्ने छ ।

तस्वीर : शंकर गिरी

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय