+
+

ग्लोबल आइएमई बैंकका थप ५ नयाँ शाखारहित बैंकिङ सेवा शुरू

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २० गते १४:५७

२० चैत, काठमाडाैं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा थप ५ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पाको परिवर्त गाँउपालिका , रोल्पाकै इरिवाङ्ग, थवाङ्ग गाउँपालिका – २, ठूलोगाउँ, ईलामको शुर्योदय नगरपालिकाको कट्टुसे, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको पत्थरगाडा, पाँचथरको हिलिगाँउ गाउँपालिका र सिङ्गापुरमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो ।

बैंकका अुनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम,सिसडएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रमा बैंकिङ्ग सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकिङ्ग सेवा शुरु गरेको बैंकको भनाइ छ ।

बैंकका १३५ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटीएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखारहित बैंकिङ्ग सेवा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?