+

म्यानयुका प्रशिक्षक भन्छन् – मेस्सीलाई रोक्न गाह्रो छ तर असम्भव होइन

२०७५ चैत  २६ गते २०:१३ २०७५ चैत २६ गते २०:१३
म्यानयुका प्रशिक्षक भन्छन् – मेस्सीलाई रोक्न गाह्रो छ तर असम्भव होइन

२६ चैत, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्सारले च्याम्पियन्स लिग क्वाटरफाइनल खेलमा बार्सिलोनासँग सजग रहन आफ्ना खेलाडीलाई निर्देशन दिएका छन् ।

क्वाटरफाइनल अन्तर्गत बुधबार राति हुने पहिलो लेगको खेलमा आफूहरु डिबक्स नजिक फोउल नगर्न सजग रहनुपर्ने उनले बताएका हुन् । डिबक्स नजिक फ्रि किक पाएमा मेस्सी घातक हुन सक्ने भन्दै उनले सबैलाई सजग गराएका हुन् ।

‘मेस्सीले फ्रिकिकमा कति गोल गरिसकेका छन् ?’ युनाइटेड प्रशिक्षक गुनारले भने, ‘हामीले केही भाग्यले पनि साथ देओस् भन्ने कामना गर्नै पर्छ ।’

मेस्सीविरुद्ध कस्तो रणनीति हुन्छ भन्ने प्रश्नमा उनले आफूहरु राम्रो गर्न सक्ने भन्दै भने, ‘हामीले युभेन्टसमा क्रिष्टियानो रोनाल्डो, पीएसजीका केलियन एम्बाप्पे र चेल्सीका इडन हजार्डविरुद्ध पनि खेलेका छौँ । मेस्सी राम्रा खेलाडी हुन्, उनलाई रोक्न सहज छैन र असम्भव पनि होइन । फेरि यो च्याम्पियन्स लिगमा मेस्सी भर्सेस म्यानचेस्टर युनाइटेडको खेल होइन । हामीले स्वारेज, कोउटिन्हो, ¥याकिटिक, भिडाल सबै ११ खेलाडीलाई विचार गर्नै पर्छ ।’

घरेलु मैदानमा दर्शकको साथ आफूहरुलाई रहने र पेरिस सेन्ट जर्मेनसँगको खेलबाट पनि धेरै कुरा बुझेकाले बार्सिलोनासँग राम्रो गर्नेमा विश्वस्त रहेको पनि उनले बताए ।

‘हामीमा आत्मविश्वास राम्रो छ । पीएसजीलाई हामीले जसरी हरायौँ त्यसले पनि बल पु¥याएको छ । खेलाडीहरुले नराम्रो फोउल नगर्नेमा सजग रहेका छन् । ट्याकल नगरी कसरी बल रोक्न सकिन्छ भन्ने अभ्यास राम्ररी नै भएको छ’ उनले भनेका छन् ।

‘स्वारेज, मेस्सी र कोउटिन्होले हाम्रा डिफेन्डरलाई व्यस्त नै बनाइरहने छन् भन्ने बुझेका छौँ, हेरौँ अब भोलि के हुन्छ’ उनले भनेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय