+
+
Shares

तीर्थयात्री बोकेको भ्यान सुकेटारमा दुर्घटना, ६ गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते ११:०९

२७ चैत, ताप्लेजुङ । पाथीभरा दर्शनपछि फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान गएराति दुर्घटना हुँदा ११ घाइते भएका छन् ।

घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ भने ६ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।

गम्भीरमध्ये ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, आठ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीय लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि बाहिर सिफारिश गरिएको छ ।

घाइते सबै बारा निजगढका हुन् । बाँकी छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ । मे१ज १४८६ नंको पिकअप भ्यान मङ्गलबार राति ९ः५० बजे सुकेटार विमानस्थल छेउमा दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?