+

आत्मघाती गोलबाट बार्सिलोनासँग हार्‍यो म्यानचेस्टर युनाइटेड

२०७५ चैत  २८ गते ६:४४ २०७५ चैत २८ गते ६:४४
आत्मघाती गोलबाट बार्सिलोनासँग हार्‍यो म्यानचेस्टर युनाइटेड

२८ चैत, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई उसैको भूमिमा १-० गोलअन्तरले पराजित गरेको हो । युनाइटेडले आफ्नै गल्तीको कारण नतिजा बार्सिलोनालाई सुम्पिनु परेको हो ।

युनाइटेडका लुक शाले आत्मघाती गोल गरेपछि बार्सिलोनाको भाग्य चम्किएको हो । खेलको १२औं मिनेटमा नै युनाइटेडका डिफेन्डर शाले बललाई बचाउन खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगे ।

सुरुवाती समयमै आत्मघाती गोलबाट पछि परेको युनाइटेड खेल अवधिभर दबावमा खेलेको थियो । पहिलो हाफमा १-० गोलअन्तरले अघि रहेको बार्सिलोनाले आफ्नो अग्रतालाई दोस्रो हाफमा पनि कायमै राख्न सफल भयो । बलमा आफ्नो पकडमा राख्न सकेपनि बार्सिलोनाले थप गोल गर्न भने सकेन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय