Comments Add Comment

रामेछापमा यसवर्ष पनि समयमै पाठ्यपुस्तक पुगेनन्

२८ चैत, रामेछाप । रामेछाप जिल्लाका सामुदायिक विद्यालयहरुमा यसवर्ष पनि तोकिएको समयमा पाठ्यपुस्तक नपुग्ने पक्का भएको छ ।

जनक शिक्षा सामाग्री केन्द्रले सयमा पाठ्यपुस्तक नदिँदा तोकिएको समयमा पाठ्यपुस्तक विद्यालयमा पुर्‍याउन नसकिने भएको पुस्तक व्यवसायीले बताएका हुन् ।

सदरमुकाम मन्थलीमा बिहीबार आयोजत विद्यार्थी भर्ना अभियान र पाठ्यपुस्तकको उपलब्धता विषयक अन्तरक्रिया कार्यक्रममा रामेछापका पाठ्यपुस्तक विक्रेताहरुले यस्तो जानकारी गराएका हुन् ।

सिएस्म्यापको आयोजनामा भएको कार्यक्रममा जेएन् पुस्तक पसलका प्रोपाइटर जगन्नाथ दाहालले जनक शिक्षा सामागि्र केन्द्रले माग अनुसारको पुस्तक नदिँदा चैत मसान्तभित्र विद्यालयहरुमा पुस्तक पुर्‍याउन समस्या भएको बताए ।

सहयात्री पुस्तक पसरलका प्रोपाइटर महेश्वर कर्माचार्यले जनक शिक्षाले पुस्तक नदिने मात्र हैन विद्यालयहरुले समते समयमा पैसा भुक्तानी नगर्दा पाठ्यपुस्तकहरु बिक्रि गर्नै नसकिने अवस्था आएको बताए । कतिपय विद्यालयहरुले १० वर्ष पुरानो हिसाबसमेत नदिएको उनले बताए ।

जिल्ला शिक्षा समन्वय इकाई रामेछापका प्रमुख मुकुन्द केशरी पोख्रेलले पनि चैत मसान्त भित्र सबै विद्यालयमा सबै पुस्तक पुर्‍याउने सकिने अवस्था नभएको बताए ।
‘सबै पुस्तक पसलहरुमा सेट पुर्‍याएर पुस्तकहरु आएका छैनन् । त्यसैले चैत मसान्तमा सबै पुस्तकहरु विद्यालयमा पुग्ने अवस्था देखिएन’, उनले भने ।

कार्यक्रमका सहभागीहरुले विद्यालय भर्ना अभियान प्रभावकारी नभएको, अभिभावकलाई विद्यालय व्यवस्थापन र शिक्षकहरुले सम्झाउन नसकेको लगायतको गुनासो गरेका थिए ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले देखिएको समस्या समाधान गर्न सबै पक्ष लागि विद्यार्थी भर्ना अभियानलाई सफल पार्न सबै लाग्नु पर्ने बताए ।

मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नीतिगत समस्या तथा केन्द्र र प्रदेश सरकारले समयमा कानून नबनाइदिँदा शिक्षा क्षेत्रमा केही गर्न नसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नीतिगत रुपमा देखिएका समस्या समाधानको लागि आफुले गृह मन्त्रालयमार्फत पहल गर्ने बताए ।

राजनीतिक दलका नेताहरुले भने कसैलाई दोष लगाउनु भन्दा पनि सबैले आआफ्नो ठाउँबाट काम गर्ने हो भने धेरै कुरामा सुधार गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment