Comments Add Comment

इनिस्टा भन्छन् – मेस्सीले वर्षौंदेखि गाह्रो काम सजिलै गरिरहे

१ वैशाख, काठमाडौं । आन्द्रेस इनिस्टा र लियोनल मेस्सीको तालमेल बार्सिलोनामा वर्षौंसम्म चल्यो । तर इनिस्टा मेस्सीको कलात्मक खेल हेरेर कहिल्यै अघाएनन् । अहिले बार्सिलोनाबाट बिदा भइसक्दा पनि इनिस्टा मेस्सीको प्रसंगमा खुलेर तारिफ गर्छन् ।

इनिस्टा आफै पनि निकै प्रतिभावान खेलाडी हुन् । मेस्सीसँगै बार्सिलोनामा उनले पुर्‍याएको योगदान पनि सानो छैन । तर उनी मेस्सीले जसरी वर्षौंदेखि गाह्रो कामलाई सजिलो गरी गरिरहन सायदै अरुले सक्ने बताउँछन् ।

‘उनले गाह्रो कामलाई वर्षौंदेखि सजिलो जस्तै देखाइरहे, जुन काम सायदै कसैले गर्न सक्ला’ इनिस्टाले भने ।

‘यो कठीन छ, तर उनी खै कसरी कसरी गरिहाल्छन् । केही नयाँ देखाइहाल्छन् ।’

इनिस्टाले अघि भने, ‘मैले पूरा खेल जीवननै उनीसँगै बिताएँ, खेलका बेला मात्रै होइन अभ्यासका बेला पनि उनी केही न केही नयाँ देखाइरहेका हुन्थे । उनी खेलेको र अभ्यास गरेको हेरिरहन असाध्यै रमाइलो हुन्छ ।’

‘यतिका वर्षसम्म पनि उनले त्यसरी नै प्रभाव पार्न सकिरहेका छन् । उनको बारेमा कुरा गर्नु अलि कठिन नै छ ।’

अहिले जापानी क्लब भिसेल कोबेमा रहेका इनिस्टा २००१ देखि नै बर्सिलोनामा थिए । जहाँ मिडफिल्डर इनिस्टासँग मेस्सीको तालमेल उत्कृष्ट देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment