Comments Add Comment

बेलायतीले किन फ्याँक्छन् बर्सेनि ७२ करोड अण्डा ?

नेपालमा अण्डाको माग, खपत तथा मूल्य बढिरहेको छ । तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँका मानिसहरु बर्सेनि करोडांैं अण्डा फोहोरमा फ्याँकेर नष्ट गर्दछन् । यसरी करोडौँ अण्डा नष्ट गर्ने कारण पनि अनौठो रहेको छ ।

एक अध्ययन अनुसार, बेलायतमा हरेक वर्ष करीब ७२ करोड गोटा अण्डा फोहोरमा फ्याँकेर नष्ट गरिन्छ । सन् २००८ मा बर्सेनि झण्डै १४ करोड अण्डा फ्याँक्ने गरिएकोमा एक दशकमा त्यो संख्या ५ गुणाले बढेको हो ।

गत वर्ष बेलायतमा कूल ७ अर्ब २० करोड गोटा अण्डा बिक्री भएका थिए । अध्ययन अनुसार त्यहाँका २९ प्रतिशत मानिसहरुले अण्डा फ्याँकेर नोक्सान गर्ने गरेका छन् ।

वास्तवमा यसरी अण्डा फ्याँक्नुको कारण अण्डाको म्याद गुज्रिएका कारण हो । म्याद गुज्रिएका अण्डाहरु बेलायतीले खाँदैनन् र फ्याँकिदिन्छन् ।

अण्डाको म्याद परीक्षणका लागि अन्य विधि नअपनाइकन केवल मिति मात्र हेरेर म्याद गुज्रेको अण्डा फ्याँकिहाल्ने चलन छ बेलायतमा ।

अण्डा खानका लागि योग्य भए नभएको जाँच गर्ने एउटा सरल विधि छ । त्यसलाई पानी परीक्षण विधि भनिन्छ ।

यसमा एउटा कचौरामा चिसो पानी भर्ने । त्यसमा अण्डा राखिदिने । त्यसरी राखिदिएको अण्डा यदि ठ्याक्कै डुबेर तल झर्यो र त्यहीँ ठाउँमा अडियो वा किनारामा गयो भने त्यो अण्डा खानका लागि योग्य भएको मानिन्छ । यदि अण्डा पानीमा डुबेन र सतहमै तैरिरह्यो भने बुझ्नु पर्दछ कि त्यो अण्डा ताजा छैन र खान लायक पनि छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment