५ वैशाख, काठमाडौं । यू–१९ विश्वकप छनोटको अन्तिम खेलमा कुवेतले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनायो । उसका लागि नोमान बुद्रो एक्लैले ७० रन बनाए ।
खराब सुरुवात गरेको कुवेतले १२ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । तर, चौथो नम्बरमा आएका नोमानले तेस्रो विकेटका लागि गोलुक कुमारसँग ७४ रनको साझेदारी गरे । यो साझेदारी टुटेपछि कुवेतले लगातार विकेट गुमायो । सातौं विकेटका लागि हमौद अमानुल्लाहले नोमानसँग ३० रनको साझेदारी गरे ।
कुवेतको एउटा एण्ड सम्हालेका नोमान उनी अन्तिम विकेटका रुपमा आउट हुनुअघि १२० बलको सामना गरे । उनले ८ चौका हानेका थिए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चिएर ३ विकेट लिए ।
प्रतिक्रिया 4