
५ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हेलिकोप्टरबाट रहस्यमय कालो बाकस ओसारिएको घटनाको जाँचबुझ गर्ने पर्यवेक्षकलाई निर्वाचन आयोगले निलम्बित गरेको छ ।
कथित रुपमा जाँचबुझ गरेको भन्दै आयोगले निर्वाचन पर्यवेक्षकलाई निलम्बन गरेको बीबीसीले जनाएको छ ।
गत मंगलबार मोदी हेलिकोप्टर चढेर कर्नाटकमा चुनाव प्रचारमा जाँदा मतपेटिकाजस्तो देखिने कालो बाकसलाई पनि ओरालिएको भन्दै प्रतिपक्षी कांग्रेसले त्यसको छानबिन गर्न माग गरेको थियो ।
जिल्ला कलेक्टर र पुलिस महानिर्देशकको रिपोर्टको आधारमा आयोगले ओडिशाका जनरल पर्यवेक्षकलाई निर्वाचन आयोगले निलम्बन गरेको हो ।
आयोगका अनुसार कर्नाटक क्याडरका १९९६ बेन्चका आईएएस अधिकारी मोहम्मद मोहसिनले एसपीजी सुरक्षासँग सम्बन्धित निर्वाचन आयोगको निर्देशनको पालना गरेनन् । एसपीजी सुरक्षा प्राप्त व्यक्तिले प्रधानमन्त्रीको हेलिकोप्टर जाँच गर्नु निर्वाचन आयोगको दिशा-निर्देश विपरीत हो ।
प्रतिक्रिया 4