+
+

कांग्रेसको आरोप : प्रदेश सरकारले प्रतिपक्षलाई बेवास्ता गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १६:०१

६ वैशाख, विराटनगर । नेपाली कांग्रेसले प्रदेश १ सरकारले योजना छनोटदेखि कार्यान्वयनमा समेत प्रतिपक्षलाई बेवास्ता गरेको आरोप लगाएको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसकी सांसद सज्जाकुमारी चौधरीले प्रदेश सरकारले निर्माण गर्ने विकास योजना छनोटका लागि हरेक शीर्षकमा आफूहरुले योजना पेश गरेको भए पनि छनोट नभएको भन्दै प्रतिपक्षका योजनाहरुमा सरकारले झेल गरेको बताइन् ।

उनले भनिन, ‘सरकार अहिलेसम्म गरेको काम कारबाहीको मुल्याङ्कनमा एकलौटी ढंगमा अघि बढेको देखिन्छ, सरकारले मात्र सबै थोक गर्ने भए हामीलाई अब दुख नदिनुहोस, तपाईहरु नै सबै कुरा गर्नु होला ।’

उनले सरकारले भन्दै आएको सहकार्य समन्वय भन्ने कुरा ओठे बोलीमा मात्र सीमित बनेको भन्दै यस बिषयमा सरकार गम्भीर हुन आग्रह गरिन ।

सांसद रामबहादुर मगरले झापा र इलामका चिया मजदुरले सेवा सुविधा वृद्धिको माग गदै गरिरहेको मजदुरको आन्दोलन चाँडै सल्टाउन प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराए । उनले दुई जिल्लाका २ सय ९० भन्दा बढी मजदुर आन्दोलनमा रहेको बताए ।

सरकारले तोकेको न्युनतम ज्याला र श्रम ऐन २०७४ कार्यान्वयन नहुँदा चिया मजदुर समस्यामा परेको भन्दै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?