Comments Add Comment

स्वीमिङमा गौरिकालाई दुई स्वर्ण, तेन्जिङले बनाए कीर्तिमान

८ वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी खेलको पहिलो दिन नै नेपाल आर्मी क्लबकी गौरिका सिंहले एक कीर्तिमानसहित दुई स्वर्ण पदक जितेकी छिन् ।

बाँकेको नेपालगञ्जमा आइतबार सम्पन्न खेलमा गौरिकाले ५० मिटर ब्याकस्ट्रोक र ८०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । उनले ५० मिटरमा भने स्वर्ण सहित राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले ३०.८५ सेकेन्डमा दूरी पूरा गरिन् । त्यस्तै, नेपाल पुलिस क्लबकी अनुस्का पोखरेल दोस्रो भइन् । त्यस्तै, एपीएफकी युस्का महर्जन तेस्रो बनिन् ।

त्यस्तै, उनले ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३९.२२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । आर्मीकै उपास्ती महर्जन दोस्रो हुदा समिरा शोभा थापा तेस्रो भइन् ।
त्यस्तै, पुरुषतर्फका ५० मिटर फ्रिस्टाइलमा एपीएफका तेन्जिङ गुरुङले नयाँ कीर्तिमानसहितस्वर्ण पदक जितेका छन् । उनले ३२.८१ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाए । त्यस्तै, प्रदेश तीनका जयन्त प्रकाश गुरुङ दोस्रो हुदा नेपाल पुलिस क्लबका तरुण भण्डारी तेस्रो भए ।

पुरुषतर्फकै ८०० मिटर फ्रिस्टाइलमा एनआरएनएका नाथन दोर्जे शेर्पाले स्वर्ण पदक जिते । त्यस्तै, एपीएफका नासिर हुसेनले रजत पदक जित्दा एपीएफ क्लबकै उग्रेन महर्जनले कास्य पदक जिते ।

त्यस्तै, आजै भएको अर्को खेलमा एपीएफका सुभम श्रेष्ठले १०० मिटर ब्याकस्ट्रोकमा नयाँ रेकर्डसहित स्वर्ण पदक जितेका छन् । उनले एक मिनेट ८.१५ सेकेन्डमा पूरा गर्दै नयाँ रेकर्ड राखेका हुन् । त्यस्तै, नेपाल पुलिस क्लबका सायद हाम्जा शाहले रजत पदक र पुलिसकै दिपांकर अवालेले कास्य पदक हात पारे ।

त्यस्तै, यसै स्पर्धामा महिलातर्फ आर्मीकी दुएना लामाले स्वर्ण पदक जित्न सफल भए । एपीएकी तिसा शाक्यले रजत पदक हात पार्दा आर्मीकी उपास्ती महर्जनले कास्य जितिन् ।

त्यस्तै, महिलातर्फका २०० मिटर बटरफ्लाइमा दुएना लामाले नै स्वर्ण पदक जितिन् । एपीएफकी श्रीबी महर्जन दोस्रो हुदा एपीएफकै दिया स्थापित तेस्रो बनिन् ।
पुरुषतर्फको यसै स्पर्धामा एनआरएनएका नाथन दोर्जे शेर्पा पहिलो बने । आर्मीका अनुभव सुब्बा दोस्रो हुदा नेपाल पुलिसका सायद हम्जा शाह तेस्रो बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment