
१७ वैशाख, काठमाडौं । सरस्वती युवा क्लब दोस्रो संस्करणको चन्द्रगिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रगिरीको नैकाप फुटबल मैदानमा मंगलबार भएको खेलमा सरस्वतीले आयोजक दीपशीखा युवा समूहलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सरस्वतीको जितमा सुजल बुढाथोकी र सञ्जीव लामाले गोल गरे ।
३६औं मिनेटमा सुजल बुढाथोकीले गोल गर्दै सरस्वतीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ७७औं मिनेटा सन्जीव लामाले गोल गर्दै सरस्वतीलाई २–० को जित दिलाए ।
दीपशिखा युवा समूहको आयोजनामा भएको प्रतियोगितामा बुधबार अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4