+

यु- १९ महिला च्याम्पियनसिप : नेपाल अन्तिम खेलमा पनि पराजित

२०७६ वैशाख  १७ गते २०:१५ २०७६ वैशाख १७ गते २०:१५
यु- १९ महिला च्याम्पियनसिप : नेपाल अन्तिम खेलमा पनि पराजित

काठमाडौं । एएफसी यू १९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल म्यानमारसँग २–१ ले पराजित भएको छ ।

पहिलो खेलमा अस्ट्रेलियासँग ११–१ र दोस्रो खेलमा उज्बेकिस्तानसँग ४–० ले हारेर बाहिरिसकेको नेपालले अन्तिम खेलमा पनि जित निकाल्न नसकेको हो ।

म्यानमारको मण्डलारथिरी रंगशालामा भएको खेलमा नेपालले ३८ औँ मिनेटमा नै पेनाल्टीमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफको सुरुमा नै गोल खान पुग्यो ।

५२ औँ मिनेटमा म्यानमारले पाएको पेनाल्टी पोलमा लागेर बाहिरिए पनि ६५ औँ मिनेटमा गोल थप्दै अग्रता बनाएको हो । पहिलो हाफमा बलियो देखिए पनि दोस्रो हाफको खेलमा सम्हालिन नसक्दा नेपाल २–१ ले हार्न पुगेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय