Comments Add Comment

‘दाल भात तरकारी’मा दर्शकले मेरो ‘रियाक्सन’लाई मन पराउनुभयोः आँचल शर्मा

नायिका आँचल शर्मा अभिनित चलचित्र ‘दाल भात तरकारी’ अहिले हलमा चलिरहेको छ । चलचित्रबाट नायिका आँचल शर्माले कस्तो प्रतिक्रिया पाइरहेकी छिन् त ? यो बिषयमा अनलाइनखबरले आँचलसँग छोटो कुराकानी गरेको छः

१. ‘दाल भात तरकारी’बाट कस्तो रेस्पोन्स पाउँदै हुनुहुन्छ ?
आँचल जति ठाउँमा आयो, सबैले मन पराउनुभयो । विशेषगरि, यो चलचित्रमा मेरो रियाक्सन बढी छ । दर्शकले रियाक्सनलाई मन पराउनु भएको छ ।

२. के तपाई आफ्नो भूमिकाबाट सन्तुष्ट हुनुहुन्छ ?
मलाई थाहा थियो यो प्रश्न आउँछ । यो मेरो चलचित्र हो । यो चलचित्रमा मैले २ वटा गीतमा नाच्न पाएकी छु । दर्शकले यसअगाडि मेरो नृत्य मज्जाले हेर्न पाउनुभएको थिएन । दुइवटा गीतले मलाई फाइदा मिल्यो । पोष्टरमा पनि मेरो फोटो छ । मुख्य नायिका भनेर मलाई लिनुभएको हो, यसैले पनि म सन्तुष्ट छु ।

३. तपाइले छोटो समयमा नै स्क्रिप्ट पढ्नुभएको थियो होइन ?
मैले पुरै स्क्रिप्ट भन्दा पनि मेरो कती सिन छ भनेर मात्र पढेकी थिएँ ।

४. चलचित्रमा तपाइले एक किक पनि हान्नुभएको छ । अब, के एक्सन चलचित्र गर्न मन लागेको हो ?
मलाई एक्सन त पहिलेदेखि नै गर्न मन लागेको हो । यो चलचित्रको एक किकका लागि मैले निकै तयारी पनि गरेको थिएँ । अहिले चलचित्र हेर्दा त अरु किक पनि हान्नु पर्ने रहेछ जस्तो लाग्यो ।

५. आँचललाई यो चलचित्रले उठायो या जहाँ हुनुहुन्थ्यो त्यही राख्यो ?
एकदमै मनदेखि भन्छु है । यो चलचित्रमा मेरो धेरै संवाद छैन । तर, मैले गरेको रियाक्सन सबैले मन पराउनुभएको छ । यसैले पनि दर्शकले ‘पिंकी’ क्यारेक्टर मन पराउनुभयो । मेरो रियाक्सनलाई दर्शकले भन्दा पनि चलचित्रको मेकरले याद गर्नुहुन्छ, यो मेरा लागि फाइदाको कुरा हो । चलचित्रमा संवाद बोल्न भन्दा पनि रियाक्सन देखाउन निकै गाह्रो हुन्छ ।

६. अब, ‘दाल भात तरकारी’बाट पाएको प्रतिक्रियाले, शत्रु गते’ जस्तै, समुहको चलचित्र खेलेर गल्ती गरे भन्ने कुरा मनमा आएको छ कि छैन ?
यो त सधै नै आउँछ नी । एउटा कलाकार भएपछि सोलो चलचित्र खेलौ भन्ने त भैहाल्छ नी । यो चलचित्रमा अभिनय देखाउन होइन, रियाक्सन देखाउने हो । मल्टिस्टारर चलचित्रमा काम गर्दा फाइदा नै यही हो ।

७. तपाइले त सोलो नायिकाको रुपमा ‘डामाडोल’ चलचित्र गर्दैहुनुहुन्छ होइन ?
हो, यो चलचित्रमा मेरो निकै नै पावरफूल भूमिका छ । दर्शकले मलाई सोलो नायिकाको रुपमा शक्तिशाली भूमिकामा देख्न पाउनुहुनेछ । यो चलचित्रका लागि म उत्साहित छु ।

८. तपाइले ‘दाल भात तरकारी’मा गरेको ‘पिंकी’ क्यारेक्टर, समाजमा कती होलान् ?
म एउटा कुरा खुलाउँछु है । म मध्यरातमा क्लब जाने, डिस्कोमा नाच्ने गरेकी छैनँ । मलाई त सुटमा जाँदा त घरबाट फोन आउँछ । यूवापुस्तामा यस्तो खालका पात्र हुनुहुन्छ । यही पात्र देखेर त हामीले चलचित्रमा क्यारेक्टर उठान गरेका हौं ।

९. चलचित्रमा तपाई खुबै घुर्नु भएको छ ? वास्तविक जीवनमा पनि घुर्नु हुन्छ ?
म घुर्दिनँ । अनी, म केटा साथीको घरमा राती–राती जादिनँ पनि । अहिलेसम्म म कुनै केटा साथीको घरमा गएकी छैनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment