
नायिका सुहाना थापाको २१ औं जन्मदिनको अवसर पारेर आज चलचित्र ‘ए मेरो हजुर ३’को सफलता पार्टी आयोजना गरिएको छ । काठमाण्डौको पाँच तारे होटल अन्नपूर्णमा आयोजना गरिएको भव्य कार्यक्रममा नायिका थापाले जन्मदिनको केक काटिन् । उनको जन्मदिनमा चलचित्रको सम्पूर्ण टिमको साथमा केही चलचित्रकर्मी र मिडियाकर्मी पुगेका थिए । यस्तै, चलचित्र निर्देशक दिपाश्री निरौला, निर्माता तथा नायक भूवन केसी, निर्माता माधव वाग्ले लगायत पनि पार्टीमा उपस्थित थिए ।
नायिका थापाको जन्मदिनमा चलचित्रका मुख्य नायक अनमोल केसी, कलाकार सलोन बस्नेत लगायत उपस्थित थिए । नायिका थापाले जन्मदिनको अवसरमा भनिन्–‘मलाई यति धेरै माया र शुभकामना दिनुभएकोमा धन्यवाद । आशा छ, आगामी दिनमा पनि यस्तै काम गर्न सकुँ ।’
नायक अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ३’को टिमसँग जोडिन पाएकोमा आफू अत्यन्तै खुशी भएको बताए । उनले भने–‘यो चलचित्रमा काम गर्दा मैले धेरै कुरा सिक्न पाएको छु । आज यो माया पाउँदा उत्साहित छु ।’ यस्तै, चलचित्रकी निर्देशक झरना थापाले पनि चलचित्रप्रति दर्शकले दिएको मायाका लागि धन्यवाद दिइन् । सुनिलकुमार थापाको निर्माणमा तयार भएको यो चलचित्र २६ औं दिनमा हलमा चलिरहेको छ ।
सुहानाको जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गर्ने चर्चा भएपनि कुनै घोषणा भएन । वुझिएअनुसार, केही समयपछि नयाँ चलचित्रको घोषणा गर्ने र वि.सं २०७७ सालको भदौमा चलचित्र रिलिज गर्ने योजनामा यसको निर्माणपक्ष छ ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4