+
+
Shares

अञ्जलीको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते ११:५०

मोडल अञ्जली अधिकारीलाई हिजोआज फिट रहनुपर्छ भन्ने पनि लागेको छ । यसैले उनी, भिडियोको छायांकन नपरेको समयमा बिहानै जीम पुग्छिन् । ‘बोल माया’ बोलको गीत सार्वजनिक भएपछि चुलिएको अञ्जलीको सफलताले उनको दैनिकी पनि फेरिदिएको छ । उनी, हिजोआज व्यस्त र चुजी दुबै बनेकी छिन् ।

अञ्जली भन्छिन्–‘व्यस्त मात्र भएर हुँदैन । आफूलाई फिट पनि राख्नुपर्छ । यसैले, व्यायम पनि गर्छु ।’ अञ्जली अधिकारीलाई म्यूजिक भिडियोमा भ्याइनभ्याई छ । सुरु सुरुमा पैसाका लागि गीत नै नसुनी काम गर्ने यी सुन्दरी अहिले चुज गर्न थालेकी छिन् ।

दर्शकले कुनै कलाकार चलेपछि उसबाट आशा पनि धेरै खोज्छन् । अञ्जली पनि दर्शकको आशा निराशामा बदल्न नदिने बताउँछिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?