
३० वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी विश्वराज पोखरेललाई दिएका छन् ।
प्रहरी सम्पादन गर्ने जनसरोकारका कामबारे सञ्चारमाध्यममा जानकारी दिन पोखरेललाई प्रवक्ता तोकिएको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनलाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने छ ।
२७ वैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार खनालले फूली लगाइदिएका थिए । लगत्तै, उनलाई प्रवक्ता तोकिएको हो ।
एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसर, टेकुको सफल नेतृत्व गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4