Comments Add Comment

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकालाई बंगलादेशले हरायो

२० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशले विजयी सुरुवात गरेको छ । लण्डनमा भएको खेलमा बंगलादेशले बलियो मानिएको दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको हो ।

३३१ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३०९ रन मात्रै बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । उनले ५३ बलमा ५ चौका र एक छक्का प्रहार गरे । त्यस्तै, ऐडन मारक्रम र जेपी डुमेनीले समान ४५-४५ रन बनाए । रसिइ भान डेर डुसेनले ४१ रन बनाउँदा डेभिड मिलर ३८ रनमा आउट भए । दक्षिण अफ्रिकाका कुनै पनि ब्याट्सम्यानले आफ्नो टिमलाई जिततर्फ लान सकेनन् ।

बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए । त्यस्तै मोहम्मद सइफुदिनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले दक्षिण अफ्रिकालाई ३३१ रनको विशाल लक्ष्य दिएको थियो । बंगलादेशले पूरै ५० ओभरमा ६ विकेटको क्षतिमा ३३० रन बनाएको थियो ।

बंगलादेशका लागि मुश्पिmक्युर रहिमले ७८ रन बनाए । त्यस्तै, शकिब अल हसनले ७५ रन बनाएका थिए । अविजित रहेका मोहमुदुल्लाहले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । ओपनर सौम्या सरकारले ४२ रन बनाउँदा मोसादक हुसेनले २६ र मोहम्मद मिथुनले २१ रन बनाए ।

राम्रो सुरुवात गरेको बंगलादेशले पहिलो विकेट ६० रन हुँदा गुमाएको थियो । तेस्रो विकेटका लागि बंगलादेशका मुश्पिmक्युर रहिम र शकिब अल हसनले १४२ रनको साझेदारी गरे ।

बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेहलुकवायोले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment